भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन

Raju Yadav Raju Yadav
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३ पटक हेरिएको
Shares
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन

सारांश

  •   ११ वैशाख, काठमाडौं ।
  • नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ ।
  • युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ ।

 

११ वैशाख, काठमाडौं ।

नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ । लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्दैछौं । सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बक्ताहरुले कुरा राख्नेछन्’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् ।

उनका अनुसार सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ । ‘जनताले जितेको दिन’ नारा सहित एमालेले युवाहरुलाई काठमाडौं बोलाएको छ । सभा दिउँसो १ बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?