गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख १०, २०८२
|
|
३ पटक हेरिएको
Shares
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

सारांश

  •   १० वैशाख, बरहथवा ।
  • सर्लाही जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो ।
  • उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गर्नुभयो ।

 

१० वैशाख, बरहथवा ।

सर्लाही जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गर्नुभयो । अस्पतालबाट तत्काल उहाँको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उहाँले स्वस्थ शिशुलाई जन्म दिनुभयो । अर्को दिन उहाँलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उहाँको निवास पुर्याइयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो । नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ । नगरपालिकाले रु २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?