कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३ पटक हेरिएको
Shares
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव

सारांश

  •   ९ वैशाख, काठमाडौं ।
  • खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशका खानेपानीका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखि बजेट विनियोजन गरिने बताएका छन् ।
  • सिंहदरबारस्थित राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी विषयमा खानेपानी मन्त्रालयबाट हालसम्म भएका कार्यहरू, प्रगति विवरणहरू तथा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरूबारे विस्तृत छलफलमा उनले यस्तो बताएका हुन् ।

९ वैशाख, काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशका खानेपानीका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखि बजेट विनियोजन गरिने बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी विषयमा खानेपानी मन्त्रालयबाट हालसम्म भएका कार्यहरू, प्रगति विवरणहरू तथा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरूबारे विस्तृत छलफलमा उनले यस्तो बताएका हुन् ।

मन्त्री यादवले जनतालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको मुख्य प्राथमिकता भएकाले यस पटकको खानेपानी बजेटमा दुर्गम तथा पिछडिएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि विनियोजन गरिने बताए । विशेषगरी कर्णाली प्रदेशका दश जिल्लामा खानेपानीको अवस्था अत्यन्तै गम्भीर रहेको छ । आगामी बजेटमा कर्णाली प्रदेशका जनतालाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन विशेष योजना निर्माण गरी त्यसलाई कार्यान्वयन गरिने छ,’ मन्त्री यादवले भने । फिनल्याण्ड सरकार, स्थानीय सरकार तथा खानेपानी मन्त्रालयको समन्वयमा सुस्वाले कर्णालीका दश जिल्लामा खानेपानीका क्षेत्रहरूमा काम गरिरहेको उल्लेख गर्नु हुँदै आगामी योजनामा कर्णाली प्रदेशका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने प्रतिवद्धता उनले व्यक्त गरे ।

आगामी बजेटमा कर्णाली प्रदेशका जनतालाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन विशेष योजना निर्माण गरी त्यसलाई कार्यान्वयन गरिने समेत उनको भनाइ थियो । समितिका सदस्यहरूले उठाएको प्रश्नहरूको उत्तर दिँदै, मन्त्री यादवले आफुले मन्त्रालय सम्हालेपछि रोकिएका थुप्रै बिस्तृत अध्यन सर्वेक्षण (डिपीआर) आयोजना, खानेपानी आयोजनाहरू पुनः सञ्चालनमा ल्याइएको र हालसम्म ९८ प्रतिशत नेपाली जनतालाई आधारभुत खानेपानी उपलब्ध गराइएको जानकारी गराए । मन्त्री यादवले बबरमहलमा केही महिला पहिले खानेपानीको फुटेको पाइपका विषयमा छानबिन समिति बनाइएको र पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
कान्तिलोकपथ सडक अवरुद्ध
कान्तिलोकपथ सडक अवरुद्ध
सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने
सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल