सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३ पटक हेरिएको
Shares
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन

सारांश

  •   ९ वैशाख, काठमाडौं : सरकार र शिक्षक मुठभेटको नजिक पुगेका छन्।
  • आज बिहान भक्तपुरमा बसेको बोर्डको बैठकले वैकल्पिक उपायबाट भएपनि शिक्षक कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्ने निर्णय गरेपछि शिक्षक थप आक्रोशित भएका हुन्।
  • संघीय संसदबाट ऐन पारित नभएसम्म शिक्षकले आन्दोलन नरोक्ने बताएपछि सरकार पेलेरै अगाडि बढ्ने तयारी गरेको हो।

९ वैशाख, काठमाडौं :

सरकार र शिक्षक मुठभेटको नजिक पुगेका छन्। आज बिहान भक्तपुरमा बसेको बोर्डको बैठकले वैकल्पिक उपायबाट भएपनि शिक्षक कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्ने निर्णय गरेपछि शिक्षक थप आक्रोशित भएका हुन्। संघीय संसदबाट ऐन पारित नभएसम्म शिक्षकले आन्दोलन नरोक्ने बताएपछि सरकार पेलेरै अगाडि बढ्ने तयारी गरेको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने निर्णय भएको जानकारी दिए। तोकिएको समयमा नै परीक्षा गर्न विद्यार्थीहरूबाट पनि अनुरोध भएकाले परीक्षालाई सञ्चालन गर्न बोर्ड तयार रहेको उनले बताए। उनले परीक्षाका लागि केन्द्रसमेत तोकिएको अवस्थामा सहज रुपमा परीक्षा सम्पन्न गर्न सबैसँग पुन: अनुरोध गर्ने निर्णय भएको जानकारी दिए। त्यसलगत्तै आज दिउँसो बानेश्वरमा भएको आन्दोलनलाई सम्बोधन गर्दै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए। उनले शिक्षकलाई परीक्षामा संलग्न नहुन निर्देशन दिए। ‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने भनेको रहेछ।

हामी कोही परीक्षामा सहभागी हुँदैनौं र केन्द्रमा निर्देशन दिन पनि म आग्रह गर्दछु। परीक्षा पनि उनीहरु नै लिउन्, कापी पनि उनीहरुनै जाँचुन्’ उनले भने। शिक्षा ऐनमा अन्योल भइरहँदा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।  परीक्षा प्रभावित हुँदा करिब साढे पाँच लाख विद्यार्थीको परीक्षा अनिश्चित हुने भएकाले सरकार गम्भीर रुपमा लागेको बताइएको छ। आन्दोलनले एसईईको मूल्यांकन तथा नयाँ भर्ना प्रक्रियासम्मलाई अवरुद्ध गरिदिएको छ। प्रवेशपत्र हातमा बोकेका विद्यार्थी परीक्षा केन्द्र जाने, नजाने भन्ने अन्योलमा थिए। चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक,कर्मचारी काठमाडौं आएका छन्। १२ बजेबाट ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले बिहान ९ बजेदेखि दिउँसो १२ सम्म आन्दोलन गर्न सुरु गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता