‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३ पटक हेरिएको
Shares
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम

सारांश

  •     ३० चैतः काठमाडौँ, काठमाडौँस्थित मोडेल अस्पतालमा वीरगञ्ज र काठमाडौँका ‘सिनियर’ अनमीलाई गर्भपतनसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ ।
  • युवा संस्थाको आयोजनामा सञ्चालित तालिममा औषधिको माध्यमबाट गरिने सुरक्षित गर्भपतनसम्बन्धी ज्ञान दिइएको हो ।
  • संस्थाका कार्यक्रम संयोजक विपना श्रेष्ठले आज यहाँ तालिमको समापन गर्दै तालिमले गर्भपतनसम्बन्धी सुरक्षित उपायहरूका बारेमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरेको जानकारी दिनुभयो ।

  ३० चैतः काठमाडौँ,

काठमाडौँस्थित मोडेल अस्पतालमा वीरगञ्ज र काठमाडौँका ‘सिनियर’ अनमीलाई गर्भपतनसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । युवा संस्थाको आयोजनामा सञ्चालित तालिममा औषधिको माध्यमबाट गरिने सुरक्षित गर्भपतनसम्बन्धी ज्ञान दिइएको हो । संस्थाका कार्यक्रम संयोजक विपना श्रेष्ठले आज यहाँ तालिमको समापन गर्दै तालिमले गर्भपतनसम्बन्धी सुरक्षित उपायहरूका बारेमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “औषधिको प्रयोगद्वारा सुरक्षित तरिकाले गर्भपतन कसरी गरिन्छ भन्नेबारेमा हामीले सिनियर अनमीलाई समग्र विषयका बारेमा जानकारी दिएका छौँ ।

यो तालिम सुरक्षित मातृत्व सुनिश्चित गर्ने दिशातर्फ एक महत्त्वपूर्ण कदम हो ।” मधेस प्रदेशअन्तर्गत प्रदेश संस्था तथा तालिमका वरिष्ठ शिक्षार्थी अनिलकुमार चौधरीले तालिमको महत्त्व औँल्याउनुभयो । यसअघि किशोरीहरूलाई सुरक्षित गर्भपतनबारे जानकारी दिँदै आएको बताउँदै उहाँले अहिले सिनियर अनमीलाई यस किसिमको तालिम दिइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सिनियर अनमीहरूले आफ्ना कार्यक्षेत्रमा यो ज्ञानलाई प्रयोग गर्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । हाम्रो उद्देश्य यदि गर्भपतन गर्नैपर्ने अवस्था आयो भने, त्यो पूर्णतः सुरक्षित होस् भन्ने हो ।” तालिममा सहभागीलाई मोडेल अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूले गर्भतिनसम्बन्धी सैद्धान्तिक जानकारीसँगै व्यावहारिक तालिम दिएका युवा संस्थाका कार्यकारी सदस्य खुस्बु राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशका विभिन्न भागमा अझै पनि असुरक्षित गर्भपतन गरिने घटना भइरहेकाले त्यसलाई न्यून पार्ने र सुरक्षित सेवा प्रवाहलाई प्रभावकारी बनाउने हाम्रो मुख्य लक्ष्य हो ।” वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत सिनियर अनमी बबिता यादवले आफू कार्यरत स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा दिँदै आइरहे पनि यो तालिमले थप ज्ञान र आत्मविश्वास दिएको बताउनुभयो । सुरक्षित मातृत्व र महिला स्वास्थ्य सशक्तिकरणतर्फ केन्द्रित यस्तो पहलले नेपालमा अझ सुरक्षित स्वास्थ्य सेवा प्रणालीको निर्माणतर्फ टेवा पु¥याउने विश्वास लिइएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा
शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा
ओमानका विदेशमन्त्री आज नेपाल आउँदै
ओमानका विदेशमन्त्री आज नेपाल आउँदै
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक