अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी

सारांश

  •   २४ चैत, काठमाडौँ ।
  • अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ ।
  • गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो ।

२४ चैत, काठमाडौँ ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई स्वतः कामुको जिम्मेवारी दिएको हो । आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ । मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिएपछि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो । नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन् । उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो। राष्ट्र बैंक गएको ३६ घण्टादेखि गभर्नरविहीन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर