सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र १८, २०८१
|
|
२ पटक हेरिएको
Shares
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक

सारांश

  •   १८ चैत, काठमाडौं ।
  • गृहमन्त्री रमेश लेखकले आम सञ्चार माध्यम र पत्रकारलाई निसाना बनाउनेहरूलाई कारबाही गर्ने बताएका छन् ।
  • १५ गते राजावादीको आन्दोलनका क्रममा मिडियालाई निसाना बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग गृहमन्त्री लेखकले यो प्रतिबद्धता गरेका हुन् ।

१८ चैत, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले आम सञ्चार माध्यम र पत्रकारलाई निसाना बनाउनेहरूलाई कारबाही गर्ने बताएका छन् । १५ गते राजावादीको आन्दोलनका क्रममा मिडियालाई निसाना बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग गृहमन्त्री लेखकले यो प्रतिबद्धता गरेका हुन् ।

सोमबार महासचिव रामप्रसाद दाहालसहित महासंघको ८ जनाको संयुक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेको थियो । हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, एवम् संचार गृहमा र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए । यसैगरी उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारहरुको विषयमा सरकार गम्भीर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाइ छ ।

ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवम् सिद्धान्तविनाको भिडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए । ‘तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने निश्चित उदेश्य थियो, लक्ष्य थियो’, गृहमन्त्री लेखकले भने, ‘विध्वशं मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
टेक्सासमा बाढीका कारण दश जनाको मृ*त्यु
टेक्सासमा बाढीका कारण दश जनाको मृ*त्यु
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा
गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
हैदराबादलाई हराउँदै गुजरात आईपीएलको दोस्रो स्थानमा
हैदराबादलाई हराउँदै गुजरात आईपीएलको दोस्रो स्थानमा