तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र १७, २०८१
|
|
२ पटक हेरिएको
Shares
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
  • न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकाहरुलाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

 

१७ चैत, काठमाडौं ।

जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकाहरुलाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो भने रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।

सामान्यतयाः प्रहरीले थुनामा रहेका व्यक्तिलाई इजलासमा पेस गरेपछि फाइल हेरेर थुनाको अनुमति दिने अभ्यास छ । तर आइतबार जबरा र मिश्रलाई अदालतमा पेस गरेपछि उनीहरूका कानुन व्यवसायीहरूले झुटो र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाउन खोजिएको भन्दै थुनामा राख्न अनुमति दिन नहुने जिकिर गरेका थिए । जिल्ला अदालतले रविन्द्र र जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा थुनामा राख्ने अनुमति दिएको हो । त्यसक्रममा प्रहरीले उनीहरूमाथि संगठित अपराध गरेको आरोपमा समेत अनुसन्धान गर्ने भनी फाइल पेस गरेको छ । ती बाहेक थप ३१ जनालाई संगठीत रुपमा आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले उनीहरुलाई त्यसक्रममा संगठित अपराध गरेको आरोप समेत आकर्षित हुनेगरी अनुसन्धान भइरहेको भन्दै म्याद थप्न पेस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले म्याद थप गरिएको हो ।

साम्प्रदायिक दंगा र घृणा फैलाउने काम गरेको आरोप आकर्षित हुने भएकाले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्नेछ । उनले सार्वजनिक रुपमा नै जाहेरी, प्रमाण र अरु विवरणहरू माग भइरहेको भन्दै ती व्यक्तिहरू अरु कसुरमा संलग्न भएको भेटिए अरु कसुरमा पनि म्याद थपेर मुद्दा चलाइने बताए । ‘व्यक्तिको ज्यान जानेदेखि आगजनीका घटना छन्, प्रहरीको घेरामाथि गाडी दौडाउन खोजिएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा संलग्न भेटिएकाहरूमाथि ती कसुरमा पनि अनुसन्धान गरेर अभियोजन हुन्छ ।’ प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरूलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द
कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ