नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३ पटक हेरिएको
Shares
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी

सारांश

  •   १५ चैत,  काठमाडौं – नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा स्थायी कर्मचारीको माग गरेको छ।
  •   बैंकले कनिष्ठ सहायक तहदेखि आठौं तहसम्मका पदहरूका लागि आवेदन खुला गरेको छ।
  • खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

 

१५ चैत,  काठमाडौं

नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा स्थायी कर्मचारीको माग गरेको छ।  बैंकले कनिष्ठ सहायक तहदेखि आठौं तहसम्मका पदहरूका लागि आवेदन खुला गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

नेपाल बैंकका अनुसार दरखास्त आवेदन चैत १५ गतेदेखि वैशाख ४ गतेसम्म दिन सकिन्छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेहरूका लागि वैशाख ११ गतेसम्म समयावधि तोकिएको छ। नेपाल बैंकले आवश्यक पदसंख्या र विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट तथा सूचना जारी गरेर सार्वजनिक गरेको छ। इच्छुक उम्मेदवारहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?