बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र १३, २०८१
|
|
३ पटक हेरिएको
Shares
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च

सारांश

  •   १३ चैत, काठमाडौँ ।
  • नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्।
  • सरकारले बर्खास्त गरेपछि बुधबार पुनः पदबहालीको माग गर्दै उनी सर्वोच्च अदालत गएका हुन्।

 

१३ चैत, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्। सरकारले बर्खास्त गरेपछि बुधबार पुनः पदबहालीको माग गर्दै उनी सर्वोच्च अदालत गएका हुन्। घिसिङले आफ्नो कानुन व्यवसायीमार्फत रिट पेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए। ढिलो गरी रिट पेश हुन आएकाले बुधबार हेर्न नभ्याइएको उनले जारी दिए।

उनले भने, ‘आज ५ बजेतिर मात्रै रिट पेश हुन आयो। ढिलो आएकाले अध्ययन गर्न भ्याइनौँ। भोलि अध्ययन गरेर आवश्यक निर्णय गर्छौ।’ घिसिङले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युन् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन्। कुलमान बर्खास्तीको विरुद्धमा संसद र सडकमा विरोध भएको छ। विपक्षी दलहरुले प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै सदन अवरोध गरेका छन् भने सडकमा पनि स्वस्फुर्त रुपमा आन्दोलन सुरु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?