नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
१ पटक हेरिएको
Shares
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण

सारांश

  •  १३ चैत, सर्लाही ।
  •   सर्लाहीको ईश्वरपुर नगरपालिका–९ मा रहेको आँखा उपचार केन्द्र, ईश्वरपुरको आयोजनामा आज एक दिने निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
  • “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीः आँखा सेवामा साझेदारी“भन्ने मूल नाराका साथ नेपाल नेत्रज्योति संघले आफ्नो ४७ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।

 १३ चैत, सर्लाही । 

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ मा रहेको आँखा उपचार केन्द्र, ईश्वरपुरको आयोजनामा आज एक दिने निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीः आँखा सेवामा साझेदारी“भन्ने मूल नाराका साथ नेपाल नेत्रज्योति संघले आफ्नो ४७ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रममा आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीको अध्यक्षता तथा ईश्वरपुर नगर उपप्रमुख रञ्जिता चौधरीको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा आँखा उपचार केन्द्रका प्रमुख चन्दन मणि रामले कार्यक्रमको उद्देश्य र उपलब्धिहरूबारे जानकारी गराउनुभयो ।

कार्यक्रम विशेष रूपमा सामुदायिक, निजी विद्यालय, मदरसा, गुम्बा, गुरुकुलका शिक्षक÷शिक्षिका तथा सर्लाही जिल्लाका सञ्चारकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। आयोजकका अनुसार, कार्यक्रमको उद्देश्य शिक्षक र सञ्चारकर्मीहरूलाई आँखासम्बन्धी समस्याबाट जोगाउने तथा उनीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने रहेको छ । निःशुल्क परीक्षण शिविरबाट २३७ जनाले आँखा परीक्षण गराएका थिए, जसमध्ये १०७ जनालाई चश्मा वितरण गरिएको थियो।

स्थानीय शिक्षक तथा पत्रकारहरूले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाले जनाएको छ। नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित यो कार्यक्रमले समुदायमा नेत्र स्वास्थ्यप्रति सचेतना वृद्धि गर्ने तथा गुणस्तरीय आँखासम्बन्धी सेवा प्रदान गर्ने अभियानलाई प्रवद्र्धन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
तोलामा ३ हजार १ सय बढ्यो सुन
तोलामा ३ हजार १ सय बढ्यो सुन
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ : बालेन
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक