स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३ पटक हेरिएको
Shares
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी

सारांश

  •   २७ फागुन, काठमाडौं ।
  • प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध २० प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् ।
  • २० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए ।

२७ फागुन, काठमाडौं । प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध २० प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् । २० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । उक्त रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

रिट दायर गर्ने २०७० मा इन्सपेक्टरमा भर्ना भएकाहरु छन् । पर्यटन प्रहरी भृकुटीमण्डपमा कार्यरत रिपेन्द्र कुमार समेत २० जनाले स्टाफ कलेज कोर्स लागु गर्न नहुने माग गर्दै रिट दायर गरेका हुन् । नेपाल प्रहरीमा २०७० मा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्ने तयारी गरिएको छ । त्रिविसँग सम्झौता गरेर प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ । त्यसैगरी संसदमा दर्ता भएको प्रहरी विधेयकमा समेत स्टाफ कलेज लागु गर्नेबारे उल्लेख गरिएको छ ।

स्टाफ कलेज पास नहुनेले डीआईजी नबन्ने र एसएसपीमै घर जानुपर्ने विधेयकमा उल्लेख गरिएको छ । स्टाफ कलेजको रुपमा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा कोर्समा गत २१ भदौमा हस्ताक्षर भएको थियो । त्यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रहरी एकेडेमीलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । यसको पेशी मङ्गलबार दोस्रो नम्बरमै पालो परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक
मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई