आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
७९ पटक हेरिएको
Shares
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही

सारांश

  •   हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका हुन्।
  • यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो।
  • आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो।

२५ फागुन, जनमत पार्टीमा आर्थिक विवादलाई लिएर कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरिएको छ।  हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका हुन्। यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो। आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो।

स्पष्टकीरणको जवाफ नदिँदै कोषाध्यक्ष यादवमाथि कारबाहीमा गरिएको छ।  कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ। उनले विभिन्न कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौँमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप छ। आफूले पार्टीमा करिब ५ करोडसम्म लगानी गरेको र त्यसको हिसाब मागेपछि कारबाही गरिएको दाबी उनले गरेका छन्।

आफूले पार्टीभित्र हिसाबकिताब माग्न थालेपछि केन्द्रीय समितिको बैठकअघि कारबाही गरिएको दाबी गरेका छन्। भोलिदेखि जनमतको केन्द्रीय समिति बैठक बस्दैछ। यादवमाथि गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको आरोप पनि लागेको छ । पार्टीको अनुशासन समितिले कोषाध्यक्ष यादवलाई सोधेको स्पष्टीकरणमा पार्टी विभाजनका लागि चलखेल गरेको बारे उल्लेख गरिएको छ। साथै, समितिले अनुशासन समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
केपी शर्मा ओलीको स्थानहद फुकुवा
केपी शर्मा ओलीको स्थानहद फुकुवा
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...