प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
३ पटक हेरिएको
Shares
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार

सारांश

  •   २० फागुन, काठमाडौं ।
  • सरकारले प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसद्‌मा लैजाने प्रतिबद्धता जनाएका हुन् ।

 

२० फागुन, काठमाडौं । सरकारले प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसद्‌मा लैजाने प्रतिबद्धता जनाएका हुन् ।

मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लूजी) सँगको भेटमा मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रजनन स्वास्थ्य अधिकार कार्य समुहको सचिवालय महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी) समेतले मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलले छिटो भन्दा छिटो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन विधेयकलाई संसद्‌मा लैजाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ