नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव

सारांश

  •   १५ फागुन, काठमाडौं ।
  • एक जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभरि तनावग्रस्त बनेको नवलपरासी पश्चिमको घटनाका सम्बन्धका दुई पक्षबीच सहमती भएको छ ।
  • झडपमा उत्रिएका दुवै पक्ष (केटा पक्ष र केटी पक्ष) र प्रशासनका बीच बिहीबार सहमति भएको हो ।

१५ फागुन, काठमाडौं । एक जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभरि तनावग्रस्त बनेको नवलपरासी पश्चिमको घटनाका सम्बन्धका दुई पक्षबीच सहमती भएको छ । झडपमा उत्रिएका दुवै पक्ष (केटा पक्ष र केटी पक्ष) र प्रशासनका बीच बिहीबार सहमति भएको हो । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रशासन र झडप गर्ने पक्षबीच सहमति टुंगिएर शव समेत परिवारले बुझिसकेको बताए ।

‘प्रशासन र उहाँहरूबीच सहमति भइसकेको छ । त्यसपछि शव बुझेर दाहसंस्कारका लागि समेत लगिसक्नु भएको छ,’ रेग्मीले   भने ।अहिले नवलपरासी प्रहरीको हिरासतमा ६ जना छन् । घटनाको विषयमा सत्य तथ्य छानबिन गरेर निर्दोष देखिएमा उनीहरूलाई छाड्नेबारे सहमतिपत्रमा उल्लेख गरिएको छ । घटनाको अनुसन्धान गरेर दोषीमाथि कडा कारबाही गरिनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनेबारे सहमति पत्रमा उल्लेख गरिएको रेग्मीले बताए । सामाजिक सद्भाव बिग्रन नदिने सबै पक्ष एकजुट भएर काम गर्ने र शान्ति सुरक्षा मजबुत पार्ने लगायतका विषयहरू सहमतिपत्रमा उल्लेख गरिएको छ ।

सहमति भइसकेपछि केटीका दाजुले चलाएको भ्यानको ठक्करबाट मृत्यु भएका विजय धवलको शव परिवारले बुझेर दाहसंस्कारका लागि लगिसकेका छन् । नवलपरासी पश्चिमको पालिनन्दन गाउँपालिका–३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले निम्त्याएको आक्रोशका कारण मंगलबार ज्यान जानेसम्मको घटना भएको थियो । धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबीच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो । एक प्रहरी अधिकृतका अनुसार सोमबार मात्रै केटी पक्षले केटाका भाइलाई ‘हाम्री छोरी कहाँ बेपत्ता पारिस्’ भन्दै कुटपिट गरेका थिए ।

आफ्नो मान्छे कुटिएपछि त्यसको बदला लिन भन्दै केटा पक्षका मान्छेहरू केटीको घर पुगे । त्यही बेला झडप भएको प्रहरीको भनाइ छ ।केटीका दाइले पिकअप भ्यानले ठक्कर दिएर दुई जनालाई घाइते समेत बनाएका थिए । घाइतेमध्ये विजय धवलको मृत्यु भएको थियो । गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाथ लौनियाको भने उपचार भइरहेको छ । त्यसपछि केटा पक्षले केटीको दाइको कवाडी पसलमा आगजनी गरेका थिए । यही आगजनीमा पर्न लागेका एक व्यक्तिलाई उद्धार गरेर लैजाने क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको भ्यान नै जलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
सप्तरी र उदयपुरमा भारी वर्षा मापन
सप्तरी र उदयपुरमा भारी वर्षा मापन