हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सारांश

  •   १५ फागुन, हेटौँडा ।
  • मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
  • हेटौँडा-६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

१५ फागुन, हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । हेटौँडा-६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फागुन १४ गते साँझ ६:३० मा सल्लाघारीको भित्री सडकखण्डमा (विजय पथ) रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री बोहरालाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक स्थानीय हात्तिलेट निवासी विदुर सापकोटा भने फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?