नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
१ पटक हेरिएको
Shares
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सारांश

  •   १५ फागुन, काभ्रेपलाञ्चोक ।
  • नेपाल प्रहरीको कार्यसम्पादन सम्झौतामा उल्लेखित नवप्रवर्तनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउद्देश्यीय हलको आज ईलाका प्रहरी कार्यालय मंगलटारमा शिवरात्रिको अवसर पारेर औपचारिक रूपमा उद्घाटन तथा शुभारम्भ गरिएको छ।
  • कार्यक्रमको अवसरमा स्थानीय नागरिकहरूसँग शान्ति, सुरक्षा लगायतका विषयमा अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो।

१५ फागुन, काभ्रेपलाञ्चोक । नेपाल प्रहरीको कार्यसम्पादन सम्झौतामा उल्लेखित नवप्रवर्तनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउद्देश्यीय हलको आज ईलाका प्रहरी कार्यालय मंगलटारमा शिवरात्रिको अवसर पारेर औपचारिक रूपमा उद्घाटन तथा शुभारम्भ गरिएको छ।

कार्यक्रमको अवसरमा स्थानीय नागरिकहरूसँग शान्ति, सुरक्षा लगायतका विषयमा अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो। कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, विभिन्न वडाका अध्यक्षहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, भद्रभलादमी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पुस्तकालय ज्ञानको केन्द्र भएकाले यसले प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्नुका साथै कानूनी र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। दण्डात्मक प्रणाली मात्र अपराध नियन्त्रणको आधार नभइ ज्ञान र सचेतनाले सकारात्मक सुधार ल्याउने भएकाले प्रहरी संगठनले नवप्रवर्तनात्मक कार्यको रूपमा पुस्तकालय स्थापना गरेको बताइयो।

नेपाल प्रहरीको आन्तरिक स्रोत साधन, विभिन्न दातृ व्यक्तिहरू तथा स्थानीय सरकारको सहयोगमा स्थापित “नागरिक प्रहरी पुस्तकालय” मा कानूनका १९ वटै खण्डका पुस्तकहरू, साहित्यिक पुस्तकहरू (नेपाली र अंग्रेजी), धार्मिक पुस्तकहरू, सरकारी सेवा प्रवेश परीक्षाका तयारी पुस्तकहरू तथा नेपाल प्रहरी द्वारा प्रकाशित पुस्तकहरू उपलब्ध छन्। पुस्तकालयलाई आगामी दिनमा अझ समृद्ध बनाउन थप पुस्तकहरू संकलन गर्दै लैजाने योजना रहेको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । नेपाल प्रहरीले पुस्तकालय मार्फत प्रहरी कर्मचारीहरूलाई समेत कानूनी तथा व्यवहारिक ज्ञानमा सशक्त बनाउँदै कार्यसम्पादनमा थप उत्कृष्टता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि
रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)
चितवन कारागार फर्किए २३५ कैदीबन्दी
चितवन कारागार फर्किए २३५ कैदीबन्दी
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ