इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

Raju Yadav Raju Yadav
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
२ पटक हेरिएको
Shares
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

सारांश

  •   इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ।
  • भूकम्पको तीव्रता ६.
  • १ रेक्टर स्केलको थियो।

 

इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ। भूकम्पको तीव्रता ६.१ रेक्टर स्केलको थियो। भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि रहेको विभागले जनाएको छ।

भूकम्पबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ। यसअघि सन् २०२१ मा पनि सुलावेसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यो भूकम्पमा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?