मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
१ पटक हेरिएको
Shares
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट

सारांश

  •   १३ फागुन, काठमाडौं ।
  • बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
  • सोमबार साँझ कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थापाको उपचारको क्रममा सोमबार राति नै कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

१३ फागुन, काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सोमबार साँझ कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थापाको उपचारको क्रममा सोमबार राति नै कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनका अनुसार घटनास्थलबाट सेल्फस नामको औषधीको बट्टा समेत भेटिएको छ । आत्महत्याको आशंका गरिए पनि पोस्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ । पोस्ट मार्टमका लागि थापाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ ।

तीन पेज लामो सुसाइड नोट फेला परेको एक अनुसन्धान अधिकृतले बताए । ‘एउटा सुसाइड नोट पनि फेला परेको छ । पारिवारिक कुराहरू उल्लेख छन् । सहकारीका केही विषय उल्लेख छन् । आफ्नो बेइज्जत गर्न खोजेपछि आत्महत्याको निर्णयमा पुगेको ब्यहोरा उल्लेख छ,’ एक अनुसन्धान अधिकृतले भने । घटनास्थलमा भेटिएको उक्त सुसाइड नोटको आधिकारिकता पुष्टि हुन भने बाँकी नै छ । फरेसिन्क जाँचबाट उक्त सुसाइड नोट थापाले ने लेखेको हो/होइन भन्ने यकिन हुन बाँकी नै छ ।

धादिङको धुनीबेसी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । धादिङको धुनीबेसी नगरपालिका–८ घर भई कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका थिए । उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ६ः३८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई दक्षिणासहित विदाइ