बझाङमा शिक्षक भीरमा मृत फेला

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
बझाङमा शिक्षक भीरमा मृत फेला

सारांश

  •   १२ फागुन, बझाङ ।
  •  बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् ।
  • वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् ।

 

१२ फागुन, बझाङ । बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् ।

सोमबार बिहान बोहराको शव वित्थडचिर गाउँपालिकास्थित स्याडी प्रहरी चौकी र वित्थड गाउँको बीचमा रहेको खोलापट्टि भीरमा अड्केको अवस्थामा भेटिएको हो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थलतर्फ गइसकेको छ । प्रहरी पुगेपछि घटना विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ