दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२ पटक हेरिएको
Shares
दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

सारांश

  •   काठमाडौं– सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ ।
  •   आज बजार करिब ३० अंकले बढेको हो ।
  •   नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.

 

काठमाडौं– सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ ।  आज बजार करिब ३० अंकले बढेको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको छ । नेप्से १.१० प्रतिशतले बढ्दा कारोबार १० अर्ब बढी पुगेको छ । १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८६१ पटका शेयर किनबेच भएको छ ।  आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।१३ वटा समूहमध्ये फाइनास, हाइड्रो र ट्रेनिङ बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

फाइनान्स ०.८४ प्रतिशतले, हाइड्रो ०.१५ प्रतिशतले र ट्रेनिङ १.२७ प्रतिशतले घटेको छ ।  आज सबैभन्दा बढी अन्य समूह २.४७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.२० प्रतिशतले बढेको छ ।  त्यस्तै, वाणिज्य बैंक समूह २.१६ प्रतिशतले, विकास बैंक ०.३३ प्रतिशतले, होटेल तथा पर्यटन २.२९ प्रतिशतले, जीवन बीमा ०.८९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशतले, लघुवित्त २.४५ प्रतिशतले, म्युचुअल फण्ड ०.५२ प्रतिशतले र निर्जीवन बीमा १.०७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?