प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?

Raju Yadav Raju Yadav
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?

सारांश

  •   ४ फागुन, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सकिएको छ ।
  • आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए ।

 

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए । ती मध्ये अन्तिममा थिए, आम जनता पार्टीका सांसद प्रभु साह । उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे ।

तर, प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के म मेनपावरको मान्छे हुँ ?’

उनले थप प्रश्न गरे, ‘अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । प्रधानमन्त्री ओलीले पनि अन्य प्रश्नहरूको जवाफ दिएनन् । ‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन,’ उनले भने, ‘मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ