धनुषामा सवारी दुर्घटना, एक शिक्षकको मृत्यु

Raju Yadav Raju Yadav
|
मंगलबार, माघ २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
धनुषामा सवारी दुर्घटना, एक शिक्षकको मृत्यु

सारांश

  •   २९ माघ, धनुषा : धनुषामा सवारी दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–४ वर(पुष्पलपुरका पूर्णबहादुर विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
  • उनी स्थानीय श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापनरत थिए।

२९ माघ, धनुषा : धनुषामा सवारी दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–४ वर(पुष्पलपुरका पूर्णबहादुर विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। उनी स्थानीय श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापनरत थिए।

सोमवार राति करिब ९ बजेको समयमा जनकपुरबाट ढल्केवरतर्फ आउने क्रममा उनले आफैंले चलाएको मधेस प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी जनकपुर–ढल्केवर खण्डअन्तर्गत मिथिला नगरपालिका–२ स्थित नक्टाझिजमा दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशि अस्पताल जनकपुरमा राखिएको छ।

विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको हुनसक्ने आशंकामा बा. १८ च. ८७६८ नम्बरको स्करपियोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साहले बताए। ‘स्कारपियो र स्कुटी एउटै दिशामा गुडेको थियो। स्कारपियोलाई अनुसन्धानका लागि त्यसका चालकसहित नियन्त्रणमा  लिएका छौं। दुर्घटनास्थलका प्रत्यक्षदर्शीहरुलाई पनि बोलाउँदैछौं। प्रत्यक्षदर्शीहरुको बयानले केही भन्न सकिन्छ,’ प्रहरी निरीक्षक साहले भने।

शिक्षक विश्वकर्माको मृत्युको शोकमा मिथिला नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा शोक बिदा दिइएको छ। नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै शिक्षक विश्वकर्माको मृत्युको शोकमा नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय मंगलवार एक दिन बन्द रहने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?