निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

Raju Yadav Raju Yadav
|
मंगलबार, माघ ८, २०८१
|
|
३ पटक हेरिएको
Shares
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

सारांश

  •   काठमाडौं ।
  • चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रू नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रू सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ ।
  • भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा रू आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा रू ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रू नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रू सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा रू आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा रू ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ । गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।

नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो छ महिना अवधिमा भारतबाट रू पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरको वस्तु आयात गर्दा रू ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा रू चार खर्ब २९ अर्ब १४ करोड बराबर छ । त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग रू एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग रू २२ अर्ब ६२ करोड व्यापार घाटा व्यहारेको छ । नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड