चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
सारांश
- २२ पुस, नवलपरासी।
- चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा साेमबार एउटा गैंडा मृत फेला परेकाे छ ।
- निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टर स्थित पिप्रहर घाट पारी गैँडा जुधेर मरेको अवस्थामा भेटिएको हाे ।

२२ पुस, नवलपरासी। चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा साेमबार एउटा गैंडा मृत फेला परेकाे छ । निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टर स्थित पिप्रहर घाट पारी गैँडा जुधेर मरेको अवस्थामा भेटिएको हाे । अन्दाजी २३ वर्षकाे उक्त भाले गैंडाकाे खाग खुर लगायतका अवयवहरू सकुशल रहेको बताइएको छ । निकुञ्जकाे तथ्यांक अनुसार चालू आवको आधा आधि भित्रै प्राकृतिक कारणसहित १३ गैंडा मरेका छन् ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया