कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु

Raju Yadav Raju Yadav
|
आइतबार, पौष २१, २०८१
|
|
२ पटक हेरिएको
Shares
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु

सारांश

  •   २१ पुस,  मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राई छन्।
  • शनिबार स्वास्थ्यमा खराबी आएपछि कारागारबाट कोशी प्रदेश अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जेलर गौरव ढुंगेलले जानकारी दिए।

 

२१ पुस,  मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राई छन्। शनिबार स्वास्थ्यमा खराबी आएपछि कारागारबाट कोशी प्रदेश अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जेलर गौरव ढुंगेलले जानकारी दिए।

ढुंगेलका अनुसार  श्वासप्रश्वासमा समस्या भएपछि राईलाई दिउँसो २ बजे अस्पातल लगिएको थियो। दिउँसो ३:५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको थियो।  उहाँलाई २०७९ देखि नै श्वासप्रश्वासमा समस्या भएर कारागारले उपचार गर्दै आएको थियो,’ जेलर ढुंगेलले भने, ‘शनिबार पनि हतारहतार अस्पताल लग्यौं। तर बचाउन सकेनौं।’ राई हाडनाता करणी मुद्दामा  २०७३ जेठदेखि १४ वर्षको सजाय काटिरहेका थिए। आइतबार उनका छोराले शव बुझेका छन्। त्यसबारेमा अदालतलाई जानकारी गराउने प्रक्रिया अघि बढेको उनले बताए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?