प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ

Raju Yadav Raju Yadav
|
शनिबार, पौष २०, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ

सारांश

  •   काठमाडौँ ।
  • कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’का क्रममा लागु औषधसहित १० जना पक्राउ परेका छन् ।
  •   सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ परेको हो ।

 

काठमाडौँ । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’का क्रममा लागु औषधसहित १० जना पक्राउ परेका छन् ।  सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ परेको हो ।

पक्राउ परेकामध्ये कञ्चनपुरको कृष्णपुरका मोहन रानाको साथबाट ६ ग्राम १८० मिलिग्राम, कैलालीको धनगढीका प्रभुपन राना र अमन रानाको साथबाट ८४० मिलिग्राम, टीकापुरका विक्रम बुढा र मिलन टमटाको साथबाट ८० मिलिग्राम लागू औषध बरामद भएको छ । यस्तै धनगढीका बाहाली राना र दीपक रानाको साथबाट ५०० मिलिग्राम, कञ्चनपुरको कृष्णपुरका प्रदीप राना र अनिल रानाको साथबाट ८९० मिलिग्राम तथा बैतडीको पाटन घर भई धनगढी बस्ने  खेमराज महराको साथबाट ६९ ग्राम ३४० मिलिग्राम लागु औषध बरामद भएको कैलाली प्रहरीले जनाएको छ ।  उनीहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?