वैदेशिक रोजगारीमा चरम ठगी : ४ हजार बढी उजुरी, १ अर्ब बढी बिगो दाबी

Raju Yadav Raju Yadav
|
सोमबार, पौष १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा चरम ठगी : ४ हजार बढी उजुरी, १ अर्ब बढी बिगो दाबी

सारांश

  •   १५ पुस,  काठमाडौं ।
  • नेपालमा कुनै रोजगारी नपाएपछि सुन्दर सपना बोकेर वैदेशिक रोजगारीमा जानेहरू उल्टै ठगिने क्रम बढेको छ।
  • पीडितले आफूहरू ठगिएपछि उजुरी गर्न सरकारी नियकामा गए पनि समयमा न्याए पाउन सकेका छैनन्।

 

१५ पुस,  काठमाडौं । नेपालमा कुनै रोजगारी नपाएपछि सुन्दर सपना बोकेर वैदेशिक रोजगारीमा जानेहरू उल्टै ठगिने क्रम बढेको छ। पीडितले आफूहरू ठगिएपछि उजुरी गर्न सरकारी नियकामा गए पनि समयमा न्याए पाउन सकेका छैनन्।

जसका कारण रोजगारीमा गएका र जान चाहने हजारौं व्यक्ति पीडित बनेका छन्। तर, सरकारी निकाय पीडितलाई समयमै न्याय दिन असफल हुँदै आएको छ। जसका कारण ठगिने क्रम दिनप्रतिदिन बढ्दो छ। पीडितले समयमा नै न्याय नपाउँदा ठगी गर्नेहरूको मनोबल उच्च हुने गरेको छ। वैदेशिक रोजगार विभागमा ठगीविरुद्ध उजुरी दिनेहरूको ताँती देखिए पनि विभागले सुनुवाइमा विलम्ब गरेको पीडितहरूले बताएका छन् । आइतबार विभाग परिसरमा पुग्दा ठगीविरुद्ध उजुरी दिनेको संख्या उल्लेख्य रहेको पाइएको थियो । दिउँसो ३ बजे पीडित एकै ठाउँमा जम्मा भई विभागले झनै पीडा दिएको भन्दै गुनासो गरिरहेका थिए ।

गत वर्षमात्रै वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाखभन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ। यस्तै, वैदेशिक रोजगार विभागका अनुसार ठगीविरुद्ध मंसिर महिनासम्म ४ हजार ८९ ओटा उजुरी प्राप्त भएका छन्। त्यसमा अर्बभन्दा बढी रुपियाँ बिगो माग गरिएको छ । विभागले ठगीविरुद्धको उजुरीमा समयमा नै फछ्यौंट गर्न नसक्दा ठगी मौलाएको पाइएको हो। विभागले वित्तीय ठगी, नक्कली रोजगारी, श्रम सम्झौता, कागजात समस्या, मानव बेचबिखन, जबर्जस्ती श्रम सुरक्षा, स्वास्थ्य सुरक्षा, फिर्ती समस्या, एजेन्ट, म्यानपावर कम्पनीको गैरजिम्मेवारीलगायतका विरुद्धमा उजुरी पर्ने गरेको जनाएको छ।

रामेछाप घर बताउने सुवास तामाङले आफूहरु न्यायका लागि आए पनि विभागले समय लम्ब्याउँदा झनै पीडित बनाएको गुनासो गर्नुभयो। त्यसै गरी विभागमा मेलमिलाप शाखाका कर्मचारी कार्यालय समय ४ बजेभन्दा अगाडि घर गइसकेको देखिएको थियो। शाखाको एसी भने चलिरहेको थियो। विभागका धेरै कार्मचारी पनि कार्यालय समय सकिन बाँकी रहे पनि घर गइसकेका थिए । सेवाग्राही भने सोमबार पनि बिदा पर्ने भएकाले कसरी काम समयमा नै गर्न सकिएला भन्दै छटपटाइरहेका देखिन्थे । विभागका प्रवक्ता गुरुदत्त सुवेदीले मेनपावर, व्यवसायी, दलाल एजेन्ट, स्वदेश फिर्तीलगायत विषयमा बढी उजुरी परेको बताउनुभयो । उहाँले उजुरी परेअनुसार फछ्र्यौट हुँदै गएको दाबी गर्नुभयो । तथ्यांकले भने फछ्र्यौटको दर अत्यधिक न्यून रहेको पाइएको छ ।

विभागको तथ्यांकअनुसार मंसिर महिनासम्म उद्धार, राहत तथा समन्वय शाखामा कुल ८ सय २० ओटा उजुरी परेको छ । यस्तै मुद्दा तथा अनुसन्धान शाखामा १ हजार ५ सय ६१ ओटा उजुरी परेको छ । जसमा १४ करोड ६७ लाख ६१ हजार ५ सय ३० क्षतिपूर्ति माग गरिएको छ । यसै गरी प्रहरी शाखामा सबैभन्दा बढी १ हजार ७ सय ८ उजुरी परेको छ । यसरी उजुरी मात्र पर्ने र फछ्र्यौटको संख्या न्यून हुँदा पीडितहरुले दैनिक दुःख पाइरहेका छन् । युरोप, जापान, कोरिया, इजरायललगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगीका उजुरी आउने गरेको विभागले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी ठगी गर्नेहरूको संख्या अधिक रहेको पाइएको छ।

नक्कली रोजगारीको आश्वासन दिई एजेन्ट वा म्यानपावर कम्पनीहरूले झुटो रोजगारी प्रस्ताव गर्ने गरेका पाइएको छ। जसमा तलब, सुविधा, र कामको प्रकृति वास्तविकताभन्दा फरक हुने र त्यसमा सेवाग्राही फस्ने गरेका छन्। विदेशमा पुगेपछि काम नै उपलब्ध नहुने वा सम्झौताभन्दा फरक काम गर्न बाध्य बनाइने उजुरीसमेत परेको छ। त्यसै गरी तोकिएको शुल्कभन्दा धेरै पैसा असुल गरेर वैदेशिक रोजगारीमा जानेलाई ठग्ने गरिएको छ। टिकट, भिसा र अन्य प्रक्रिया निःशुल्क भनिए पनि कार्यान्वयनमा बढी शुल्क लिने गरिएको छ। जसले गर्दा सरकारको नियम एकतिर ठगी अर्कोतिर मौलाइरहेको पाइएको छ ।

नक्कली भिसा, श्रम स्वीकृति, वा कामको नक्कली सम्झौतापत्र बनाइदिने ब्रोकरहरूले समेत ठगिरहेको बताइन्छ। वैधानिक प्रक्रिया पूरा नगरी कामदारलाई विदेश पठाउने प्रयास गर्दा उनीहरूले दुःख पाइरहेका छन्। राम्रो बसोबास, खानपिन, र काम गर्ने वातावरणको झुटो आश्वासन दिने गरिएको छ। वास्तविकतामा न्यूनतम सुविधा पनि नहुने अवस्था सिर्जना हुँदा विभागमा उजुरी पर्नेको संख्या उल्लेख्य रहेको पाइएको हो। कुनै कारणले यात्रा रद्द हुँदा एजेन्टले रकम फिर्ता गर्दैनन्। अन्य देशमा बेचिने जोखिम पनि बढी हुने देखिएको छ। खास गरेर महिला कामदारलाई घरेलु काम वा अरू क्षेत्रमा पठाउने बहानामा बेच्ने खतरासँगै उनीहरू जोखिममा पर्ने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
कांग्रेसको पदाधिकारी बैठक जारी
कांग्रेसको पदाधिकारी बैठक जारी
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने