धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

सारांश

  • ९ कात्तिक, काठमाडौं ।
  • काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
  • घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

९ कात्तिक, काठमाडौं । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन । तर आफैं अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
राजस्थानको प्लेअफ सम्भावना जीवितै, १४ वर्षीय सूर्यवंशीको कीर्तिमानी शतक
राजस्थानको प्लेअफ सम्भावना जीवितै, १४ वर्षीय सूर्यवंशीको कीर्तिमानी शतक
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)