अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

Raju Yadav Raju Yadav
|
शनिबार, कार्तिक ३, २०८१
|
|
२ पटक हेरिएको
Shares
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

सारांश

  •   ३ कार्तिक, काठमाडौं: झापा, भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.
  • ११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 

३ कार्तिक, काठमाडौं: झापा, भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-१२ प्रगती टोलबाट अवैध लागूऔषध गाँजा १ सय  ५० ग्राम र स्पास्मो ५० ट्याव्लेट सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प​​​​​क्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने त्रियुगा नगरपालिका-१२ फूलचोक बस्ने २० वर्षीय रूपन लिम्बु, सोही नगरपालिका-१३ असारीका ३५ वर्षीय मलिन थापा, ३६ वर्षीय संजिव थापा र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय असिम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?