अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२ पटक हेरिएको
Shares
अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी

सारांश

  •   २ कात्तिक, काठमाडौं ।
  • अमेरिकाविरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले सहज जित निकालेको छ।
  • आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।

 

२ कात्तिक, काठमाडौं । अमेरिकाविरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले सहज जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेटको क्षेतिमा १४७ रन मात्र बनाउन सक्यो।

अमेरिकाका लागि शायान  जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए।  नेपालका दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए । यसअघि अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान गरे। दिपेन्द्र सिंह ऐरि २८ रन बनाउँदा अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाएर आउट भए। अमेरिकाका लागि हरमित सिंह, शुभम नेत्रभल्कर र जसदिप सिंहले समान २ विकेट लिए। जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। अब दोस्रो खेल आइतबार बिहान हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?