२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे

सारांश

  •   ८ असोज, काठमाडौं ।
  • बुधबार पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ ।
  • यस दिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ ।

८ असोज, काठमाडौं । बुधबार पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ ।

नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । सो अंकको कमीपछि २४७० मा कायम भएको छ । ११ : २५ बजे नेप्से २५४७ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडेको उच्चतम विन्दु रह्यो । त्यसपछि भने बजार एकोहोरो ओर्लिरह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६८ करोडको भयो ।

१० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशत घट्यो । बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे । स्वरोजगार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ७.८, इङवा हाइड्रोको ४.१ तथा सीवाईसी लघुवित्तको ४ प्रतिशत बढ्यो ।

हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.७, बुद्धभूमि हाइड्रोको ७.९, स्वेतगंगा हाइड्रोको ७.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै
आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
भारतको राजधानी दिल्लीमा बम विस्फोट
भारतको राजधानी दिल्लीमा बम विस्फोट
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो