रोनाल्डोको सम्मानमा सिक्का

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र ३०, २०८१
|
|
२ पटक हेरिएको
Shares
रोनाल्डोको सम्मानमा सिक्का

सारांश

  •   ३० भदौ , पोर्चुगल सरकारले रोनाल्डोको सम्मानमा सात युरोको सिक्का निकालेको छ।
  • ३९ वर्षीय रोनाल्डोले विश्व फुटबलमा बनाएको छविलाई उत्सवका रूपमा लिँदै र उनको उल्लेखनीय उपलब्धिहरूको कदर गर्दै पोर्चुगल सरकारले उक्त सिक्का बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
  • जसअनुसार उक्त स्मारक सिक्का इतिहासकै सबैभन्दा महान फुटबल खेलाडीहरूमध्ये एकका रूपमा निकालिएको बताइएको छ।

 

३० भदौ , पोर्चुगल सरकारले रोनाल्डोको सम्मानमा सात युरोको सिक्का निकालेको छ।३९ वर्षीय रोनाल्डोले विश्व फुटबलमा बनाएको छविलाई उत्सवका रूपमा लिँदै र उनको उल्लेखनीय उपलब्धिहरूको कदर गर्दै पोर्चुगल सरकारले उक्त सिक्का बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। जसअनुसार उक्त स्मारक सिक्का इतिहासकै सबैभन्दा महान फुटबल खेलाडीहरूमध्ये एकका रूपमा निकालिएको बताइएको छ। खेलका माध्यमबाट पोर्चुगललाई विश्वमा चिनाउन सफल बनेका रोनाल्डोले उपाधिसहितका अरू तथ्यांकमा पनि उत्तिकै दखल राखेका छन् । मिस्टर च्याम्पियन्स भनेर चिनिने रोनाल्डो मैदानभित्र मात्र नभएर मैदानबाहिरका पनि प्रभावशाली व्यक्ति मानिन्छन्।रोनाल्डो फुटबलमा मात्र होइन समाजसेवामा पनि सक्रिय रहेका छन्। उनले बाल अस्पतालहरूमा आर्थिक सहयोग गरेका छन् भने विपद् प्रभावितका लागि राहत र शैक्षिक पहलका लागि समेत सहयोग गरेका छन् । उनले समाजिक कार्यका लागि विभिन्न समयमा च्यारिटी म्याच समेत खेल्ने गर्छन । सन् २०१६ मा ऐतिहासिक रूपमा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका रोनाल्डोले २०१९ मा नेसन्स लिगको उपाधि हात पारेका थिए। त्यसबाहेक पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुँदै राष्ट्रको पहिचानलाई अझ फराकिलो पारेका छ।फुटबलभन्दा बाहिर सामाजिक सञ्जालमा पनि रोनाल्डोको उत्तिकै प्रभाव छ। केही दिन अघिमात्र उनी सबै प्रकारका सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बनाउने पहिलो व्यक्ति भएका छन्। उनी पछिल्लो अढाइ दशकयता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डो ‘एक्स’, इन्स्टाग्राम, फेसबुक र युट्युबमा सक्रिय छन्। युट्युबसहित सबै सामाजिक सञ्जालबाट उनले आकर्षक आम्दानीसमेत गर्छन्। फेसबुक, एक्स र इन्स्टाग्राममा एउटा विज्ञापन गरेबापत उनले करोडौं शुल्क लिने गर्छन। उमेरले चार दशक पुग्न लागे पनि मैदानमा आफूलाई प्रमाणित गर्न तत्पर देखिएका रोनाल्डो तत्काल सन्न्यास लिने सोचमा देखिंदैनन। व्यवसायिक रूपमा आफ्नो फुटबल करियर भने साउदी अरेबियाको अल नासरबाटै अन्त्य गर्ने उनले घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ: माधव नेपाल
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ: माधव नेपाल
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली