रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी

सारांश

  •   २५ भदौ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन्।
  • पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी गरेका हुन्।
  • उक्त ब्याङ्क्वेटमा रास्वपा प्रदेशस्तरीय प्रशिक्षण चलिरहेको छ।

२५ भदौ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन्।पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी गरेका हुन्। उक्त ब्याङ्क्वेटमा रास्वपा प्रदेशस्तरीय प्रशिक्षण चलिरहेको छ। सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको सुर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।‘रवि लामिछाने पोखरा आउने कुरा थाहा नै थिएन, थाहा पाउनेबित्तिकै हामी गएर नाराबाजी र कालो झण्डा देखायौं,’ उनले भने।  पीडितले ‘सहकारीको पैसाले पार्टी खोल्न पाइँदैन, सहकारी ठग मुर्दावाद, जिबी राई कहाँ छ, रवि लामिछानेलाई थाहा छ’ जस्ता नारा लगाएका थिए। सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए। पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा पनि लामिछानेले ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियाको नाममा लामिछानेले एक करोड रुपैयाँ ऋण लिएर उक्त ऋण तिरेको देखाएको छ। लामिछाने प्रबन्ध निर्देशक एवं सेयर सदस्य रहेको टेलिभिजनमा पोखराको सुर्यदर्शन लगायत देशका विभिन्न सहकारीमा सर्वसाधारणले राखेको बचत लगानी गरेका थिए। सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
लागूऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च
विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने