प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;

सारांश

  •   १२ भदौ ,काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएका छन्।
  • ‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दु:खद घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।

 

१२ भदौ ,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएका छन्।‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दु:खद घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो। अनुमानित ४० वर्ष पार गरिसकेका प्रकाशको अहिलेसम्म नागरिकतासमेत नरहेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सुरुमा उनलाई नागरिकता दिलाउने पहल थालेका हुन्। प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो। उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ