ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

Raju Yadav Raju Yadav
|
सोमबार, भाद्र १०, २०८१
|
|
२ पटक हेरिएको
Shares
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सारांश

  •   १० भदौ , संखुवासभा — मकालु गाउँपालिका-५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अडिट टु मा ढुंगा खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
  • बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा आइतबार साँझ माथिबाट ढुंगा झरेर घाइते भएका थिए ।
  • उपचारका क्रममा सोमबार बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

 

१० भदौ , संखुवासभा — मकालु गाउँपालिका-५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अडिट टु मा ढुंगा खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा आइतबार साँझ माथिबाट ढुंगा झरेर घाइते भएका थिए । उपचारका क्रममा सोमबार बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । हालसम्म अरूण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?