सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते

सारांश

  • बुटवलमा  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले जानकारी दिए ।
  • सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।

२८ साउन, बुटवल। बुटवलमा  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले जानकारी दिए । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।  दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए । यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन्। साथै मोटरसाइकका चालक कपिलबस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि  घाइते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये  ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
आज कुन तरकारी र फलफूलको भाउ कति ?
आज कुन तरकारी र फलफूलको भाउ कति ?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
भारतमा ककरोच जनता पार्टीद्वारा ‘जेल भरो आन्दोलन’को घोषणा
भारतमा ककरोच जनता पार्टीद्वारा ‘जेल भरो आन्दोलन’को घोषणा
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल
राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल