टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने

सारांश

  •   २५ साउन, काठमाडौं ।
  • संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ ।
  • प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।

२५ साउन, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेकी हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित थिए । आगामी बैठकमा विधेयक पेस गर्ने व्यवस्थाका लागि समिति सभापति सुबेदीले पत्र बुझाएपछि सभामुख घिमिरेले महत्वपूर्ण काम भएको भनेर धन्यवाद दिए । त्यसक्रममा सभामुख घिमिरेले भने, ‘लामो समयदेखि संसदमा विचाराधीन रहेको विषय समितिले सर्वसम्मत रुपमा टुंगो लगाएको छ ।

महत्वपूर्ण काम गर्नुभयो, यसका लागि यहाँहरूलाई धन्यवाद ।’ २५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए । यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रुपमा पारित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली दर्ता समय अवधि थप्न प्रदीप पौडेलको माग
मतदाता नामावली दर्ता समय अवधि थप्न प्रदीप पौडेलको माग
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
रोहितको ९५ रनको मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
रोहितको ९५ रनको मद्दतमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री