अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

सारांश

  •   २६ असार, काठमाडौँ ।
  • अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
  • निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग बुधबार फेरि अवरुद्ध भएको हो ।

२६ असार, काठमाडौँ । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग बुधबार फेरि अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए । प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए ।

धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा उक्त राजमार्ग करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषधसहित तीन जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई