संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १४, २०८१
|
|
२ पटक हेरिएको
Shares
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी

सारांश

  •   १४ साउन, काठमाडौं ।
  • संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ ।
  • बैठक आज बिहान आठ बजेदेखि गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ ।

१४ साउन, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ ।

बैठक आज बिहान आठ बजेदेखि गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ । गत शुक्रबार बसेको कार्यदलको बैठकले टुंगो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो । कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ । अदालतले नै यसमा विवेक पुर्‍याउने तर्क गरिएको छ । तर, यो विषयमा के कस्तो भाषा प्रयोग गर्ने भन्ने टुंगो लागेको छैन ।

सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत देखिएका छन् । नेताहरुका अनुसार बाँकी विषयमा सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ ।

समितिले अधिकांश विषय टुंगो लगाएर चार वटा विषयमा शीर्ष सहमति खोजेको थियो । पटक पटक भएको छलफल सहमति नजिक पुगेको बताए पनि अहिलेसम्म विधेयक अघि बढ्न सकेको छैन । असार १३ गते कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले कार्यदल बनाएको थियो । कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको सहभागिता छ । कानूनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि सोमबारको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरुको सहभागिता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक
सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु
सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै