प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाँदै, को-को छन् टोलीमा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २६, २०८१
|
|
१ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाँदै, को-को छन् टोलीमा ?

सारांश

  •   २६ जेठ, काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।
  • प्रधानमन्त्री मोदीको आइतबार नै नयाँ दिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

 

२६ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री मोदीको आइतबार नै नयाँ दिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ,’ ती अधिकारीले भने । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । उनीहरू यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो ।  प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए । यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए । गत बुधबार प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए ।​ प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई सकारात्मक गति कायम राख्ने बताएका थिए । सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ ।

एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपरान्ह तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीङ्काका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
सुनसरीमा पौडी खेल्न गएका २ बालकको मृ*त्यु
सुनसरीमा पौडी खेल्न गएका २ बालकको मृ*त्यु
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह