हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २२, २०८१
|
|
३३ पटक हेरिएको
Shares
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन

सारांश

  • सर्लाहीको हरिवन‌ नगरपालिका वडा नं.
  • ११ स्थित कडरिया चौकमा सोमबार अस्थायी प्रहरी विट तथा ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ‌ साथै सोही नगरपालिकाको विभिन्न स्थानहरुमा २ वटा Automatic Number Plate Recognition (ANPR) क्यामेरा सहित २७ वटा CC क्यामेरा जडान गरिएको छ।
  • उक्त प्रहरी पोष्ट र सिसिटिभी उद्घाटन हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीको अध्यक्षतामा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले गर्नु भएको थियो।

सर्लाही। सर्लाहीको हरिवन‌ नगरपालिका वडा नं. ११ स्थित कडरिया चौकमा सोमबार अस्थायी प्रहरी विट तथा ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ‌ साथै सोही नगरपालिकाको विभिन्न स्थानहरुमा २ वटा Automatic Number Plate Recognition (ANPR) क्यामेरा सहित २७ वटा CC क्यामेरा जडान गरिएको छ। उक्त प्रहरी पोष्ट र सिसिटिभी उद्घाटन हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीको अध्यक्षतामा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख आतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले अस्थायी प्रहरी पोष्ट स्थापना र सिसिटिभी जडान पछि नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न र विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न सहज हुने बताउनु भएको थियो। अस्थायी प्रहरी पोष्टको स्थापनाले सडक दुर्घटना न्यूनीकरण र शान्ती सुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा गर्नेमा समेत महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले अस्थायी प्रहरी पोष्टमा प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि नगरपालिका समेत सदैव तत्पर रहेको बताउनु भएको थियो । साथै सो कार्यक्रममा हरिवन नगरपालिकाका नगर उप-प्रमुख हरि माया घलान, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्र.उ.रबिन्द्र बहादुर सिंह, स.प्र.बल सर्लाही १० नं.गणका कार्यालय प्रमुख स.प्र.उ.बिनोद राज खनाल लगायत स्थानीय राजनितीक दलका प्रतिनिधीहरु, स्थानीय जन-प्रतिनिधीहरु, भद्रभलादमी, वुद्धिजिवी, संचारकर्मी,स्थानीयवासी हरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन
प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन
अमेरिका मध्यपूर्वमा अल्झिँदा चीनले ताइवानमाथि आक्रमण गर्ला ?
अमेरिका मध्यपूर्वमा अल्झिँदा चीनले ताइवानमाथि आक्रमण गर्ला ?
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन