८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो

सारांश

  • ८ महिना लामो खडेरीपछि मधेसका धेरै भूभागमा वर्षा भएको छ।
  • गएको असोजदेखि मधेसमा वर्षा भएको थिएन।
  • आज दिउँसो २ बजेदेखि मधेशका धेरै ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो

सर्लाही।

८ महिना लामो खडेरीपछि मधेसका धेरै भूभागमा वर्षा भएको छ। गएको असोजदेखि मधेसमा वर्षा भएको थिएन। आज दिउँसो २ बजेदेखि मधेशका धेरै ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पनि, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी , धनुषा र सिरहा लगायतका जिल्लामा मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा बारामा भएको छ। ‘ सर्लाहीमा २७.४ मिलिमिटर वर्षा भएको छ भने, पर्सामा ४५.४ , बारामा ६७.८० र रौतहटमा १६.६ मिलिमिटर वर्षा भएको छ।’

https://press4k.com/

लामो खडेरीपछि वर्षा हुँदा किसान खुसी भएका छन्। उखु रोपेका किसानलाई यसले फाइदा हुने देखिन्छ। समयमै पानी नपर्दा यस वर्ष तराई मधेस क्षेत्रमा हिउँदे बालीबाट राम्रो उत्पादन लिन नसकिएको किसानले बताएका छन्।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?