बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २१, २०८०
|
|
१ पटक हेरिएको
Shares
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा

सारांश

  • २१ चैत, काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ ।
  • बालेनमाथि १ अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।

२१ चैत, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ ।

बालेनमाथि १ अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा (साइबर) मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत छन् ।  पौडेलले सामाजिकसञ्जाल फेसबुकमा मेयर शाहले सयौँ कर्मचारी करारमा नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए ।

पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेखेका थिए। मेयर शाहमाथि झुटा आरोप लगाएर अपमान गरेको भन्दै सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । मेयर शाहविरुद्ध लेखेपछि उनी पुस १६ गते निलम्बनमा परेका थिए । पौडेल २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ: सुनिता डंगोल
सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ: सुनिता डंगोल
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
बामे सरेको चालले होइन, अब रकेट चालले विकास गर्नुपर्छ : प्रधानमन्त्री
बामे सरेको चालले होइन, अब रकेट चालले विकास गर्नुपर्छ : प्रधानमन्त्री
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु
चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड