होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन

सारांश

  • लुम्बिनी विकास कोष क्षेत्रभित्र बनाइएका विहार, गुम्बाहरूको वस्तुस्थिति अध्ययन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।
  • लुम्बिनीभित्रका विहार र गुम्बा व्यावसायिक होटल जसरी चलाइएको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरूले १५ चैतदेखि आन्दोलन सुरू गरेका थिए ।
  • सोही आन्दोलनको माग सम्बोधन गर्न लुम्बिनी विकास कोषले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो ।

१८ चैत, बुटवल । लुम्बिनी विकास कोष क्षेत्रभित्र बनाइएका विहार, गुम्बाहरूको वस्तुस्थिति अध्ययन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।

लुम्बिनीभित्रका विहार र गुम्बा व्यावसायिक होटल जसरी चलाइएको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरूले १५ चैतदेखि आन्दोलन सुरू गरेका थिए । सोही आन्दोलनको माग सम्बोधन गर्न लुम्बिनी विकास कोषले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो । समितिमा लुम्बिनी विकास कोषका २ जना पदाधिकारी, लुम्बिनी होटल संघका २ जना, जिल्ला प्रशासन कार्यालय रूपन्देही, लुम्बिनी–सांस्कृतिक नगरपालिका र इलाका प्रहरी कार्यालय लुम्बिनीका एक–एक जना प्रतिनिधि रहनेछन् । समिति गठन गर्न कोष तयार भएपछि आन्दोलन स्थगित भएको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले बताए ।

‘बौद्ध विहार र गुम्बाहरू व्यावसायिक होटल, गेष्टहाउस जस्तै तरिकाले चलेको तथ्य लुम्बिनी विकास कोषले पनि स्वीकार गर्दै गल्ती महसूस गरेको छ,’ ज्ञवालीले भने । लुम्बिनी क्षेत्रका विहार तथा गुम्बाहरूले दिनमा दुई हजारभन्दा बढी पर्यटक राख्न सक्ने होटल व्यवसायीको दाबी छ । विहार र गुम्बाहरूकै कारण व्यवसाय नभएपछि लुम्बिनी वरपर खोलिएका १० भन्दा बढी होटल स्थायी रूपमा बन्द भएको व्यवसायीको भनाइ छ । लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

विकास कोषको विनियमावलीमा सम्बन्धित देशले आफैंले डिजाइन गरेको गुम्बा, विहार निर्माण र भिक्षुहरूको सहयोगी बस्नका लागि आवश्यक भवन बनाउन सक्ने व्यवस्था छ । तर गुम्बा सञ्चालकले विनियमावली र कोषसँगको सम्झौतालाई बेवास्ता गर्दै तारे होटलकै शैलीमा १५० कोठासम्मका ६ तले भवन निर्माण गरिरहेका छन् । लुम्बिनी क्षेत्रभित्र विभिन्न राष्ट्र र बौद्ध समुदायलाई विहार–गुम्बा निर्माण गर्न ९९ वर्षका लागि ४२ प्लट उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा   
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा   
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च