कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन ३, २०८०
|
|
२ पटक हेरिएको
Shares
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका

सारांश

  • ३ फागुन, बुटवल ।
  • कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
  • मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् ।

३ फागुन, बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।

मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने सम्भावना
आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने सम्भावना
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो