घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २६, २०८०
|
|
२ पटक हेरिएको
Shares
घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर

सारांश

  • काठमाडौँ ।
  • घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।
  • विशेष अदालतले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो ।

काठमाडौँ । घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको छ । विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई दोषी ठहर गरेको हो । सुनसरीको बर्जू गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई सेवाग्राहीसँग घुसबापत लिएको २० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

घरको नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मेहतालाई २०७९ चैत २७ गते विराटनगर महानगरपालिका ५ पुलचोकबाट नियन्त्रणमा लिएको थियो । २०८० जेठ १० गते विशेष अदालतमा दर्ता भएको उक्त मुद्दामा इजलासले मेहतालाई दोषी ठहर गर्दै बिगो बराबरकै २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?