रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द

सारांश

  • पाँचदिन अघिदेखि सो टिभीमा कुनै पनि सामग्री प्रसारण भएको छैन ।
  • फेसबुक पेज र युट्युबसमेत अपडेट छैन ।
  • स्याटलाइट लाइन भने नकाटिएकाले टेलिभिजन प्रशासनले गीत मात्रै बजाइरहेको छ ।

७ पुस, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा खुलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द भएको छ ।

पाँचदिन अघिदेखि सो टिभीमा कुनै पनि सामग्री प्रसारण भएको छैन । फेसबुक पेज र युट्युबसमेत अपडेट छैन । स्याटलाइट लाइन भने नकाटिएकाले टेलिभिजन प्रशासनले गीत मात्रै बजाइरहेको छ । ग्यालेक्सी टीभीमा कर्मचारी र पत्रकारसहित झन्डै ८० जना कार्यरत छन् । अधिकांशले ६ महिनायताको तलब पाउन बाँकी छ । तलब नपाएर पत्रकार तथा कर्मचारीले आन्दोलन गरेपछि टेलिभिजन बन्द भएको हो ।

‘‘हामीले ६ महिनादेखि तलब पाएका छैनौँ, सबैले काम छाडेपछि अनौपचारिक रूपमा टिभी बन्द भएको छ । अहिले सञ्चालकले लाज छोप्न गीत बजाइरहेका छन् ’’ टीभीमा कार्यरत पत्रकारहरू भन्छन् । ग्यालेक्सी टिभी रवि लामिछानेको फेस देखाएर खोलिए पनि लगानी भने अरुकै थियो । रविले गत साल पार्टी खोलेपछि टिभी छाडेका थिए । उनले एक वर्षभन्दा बढी काम गरेनन् । टीभीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहकारी ठगी प्रकरणमा फरार छन् । देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्बभन्दा बढी ठगीको आरोप लागेका जीबीविरुद्ध पर्सा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । त्यसपछि उनी भागेका हुन् । उनका अर्का व्यावसायिक साझेदार कुमार रम्तेल भने पक्राउ परेका छन् । दुवैविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरी छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि अध्यक्ष राई र रम्तेलसहित १३ जनालाई पक्राउ पुर्जी जारी गरेको छ। ६ महिनायता तलब नपाएका ग्यालेक्सी टीभीका कर्मचारी तथा पत्रकारले पनि उनीहरूविरुद्ध श्रम अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।यसअघि सहकारीकै लगानीमा सञ्चालित अर्थन्यूज टेलिभिजन बन्द भएको थियो । सहकारीमार्फत १४ अर्ब ठगीको आरोप लागेका सञ्चालक केदारनाथ ‘केएन’ शर्मा पक्राउपछि टीभी बन्द भएको थियो । केही साताअघि मात्रै नेपाल नेटवर्क टीभी पनि बन्द भएको थियो । तर, दुवै टेलिभिजनले अहिले गीत मात्रै प्रसारण गरिरहेका छन् । पर्याप्त लगानी र योजनाबिनै टेलिभिजन खुलिरहेकाले छिट्टै केही अरू टेलिभिजन पनि बन्द हुने अवस्थामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ
सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा
एसियाली राजमार्गको काम सुस्त
एसियाली राजमार्गको काम सुस्त
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन