नेपालगञ्ज जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ८, २०८०
|
|
२ पटक हेरिएको
Shares
नेपालगञ्ज जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द

सारांश

  • ८ कात्तिक, नेपालगञ्ज ।
  • नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।
  • हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एकदिनका लागि जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

८ कात्तिक, नेपालगञ्ज । नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।

हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एकदिनका लागि जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरुसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो । नेपालगन्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन ताल तलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य भइरहेको छ । नेपालगन्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्रयाक्टरहरुसहितको धार्मिक ¥याली भइरहेको । कुनै सम्भाव्य घटना तथा दुर्घटना हुन नदिन तथा मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरी नै सुरक्षा सतर्कता अपनाउँदै कडा सुरक्षा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
भूकम्पः सिन्धुपाल्चोकको फुल्पिङकट्टी प्रहरी चौकीमा क्षति
भूकम्पः सिन्धुपाल्चोकको फुल्पिङकट्टी प्रहरी चौकीमा क्षति
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो