कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका

सारांश

  • बाराको आदर्श कोतवाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र र लेखापाल पप्पु चौधरी कमिशनको कुरा मिलाउदै भुक्तानी गर्ने गरेको रहस्य बाहिर बाहिर आएको छ।
  • चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम समयमा प्रमुख प्रशासकीय अधिकृत मिश्र र लेखापाल चौधरी गाउँपालिकाको कार्यालय छाडी बाराको सदरमुकाम कलैयाबाट भुक्तानी गर्ने गरेको जानकारी प्राप्त भएको छ।
  • साथै दुबै जना कलैयामा नै बसि गाउँपालिकाको सम्पुर्ण भुक्तानीहरु कमिशनको कुरा मिलाई गर्ने गरेका छन्।

 

अमरेस कुमार पाण्डे

२६ असार, कलैया । बाराको आदर्श कोतवाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र र लेखापाल पप्पु चौधरी कमिशनको कुरा मिलाउदै भुक्तानी गर्ने गरेको रहस्य बाहिर बाहिर आएको छ।

चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम समयमा प्रमुख प्रशासकीय अधिकृत मिश्र र लेखापाल चौधरी गाउँपालिकाको कार्यालय छाडी बाराको सदरमुकाम कलैयाबाट भुक्तानी गर्ने गरेको जानकारी प्राप्त भएको छ। साथै दुबै जना कलैयामा नै बसि गाउँपालिकाको सम्पुर्ण भुक्तानीहरु कमिशनको कुरा मिलाई गर्ने गरेका छन्। भने कमिशन नदिने सेवाग्राहीहरु भुक्तानी गर्न आनाकानी गर्दै गाउँपालिकाको कार्यालयमा नभेट्ने गरेका छन्।

तर कमिशनको कुरा मिलेपछि गाउँपालिकाको कार्यालयमा लगभग दुई बर्ष देखि डोर हाजिरीमा कार्यरत रहेको कार्यलय सहयोगीको मार्फत फाईल मगाई भुक्तानी गर्ने तथा सोहि कार्यालयको सहयोगीको मार्फत कमिशन उठाउने गरेको श्रोतको दाबी रहेको छ।

यहि २० गते बिभिन्न पदमा करारमा कर्मचारी माग गरीएको थियो। उक्त बिज्ञापनको सँसोधित सुचना पुनः २२ गते सार्वजनिक गरेको छ। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता असाढ २४ गतेको मध्यराति बन्द गरिने ब्यवस्था रहेको छ।

सोहि भएर गाउँपालिकाको भुक्तानी गर्ने आज अन्तिम दिन रहेकोले कमिशन उठाउन तथा भुक्तानी गर्नमा प्रमुख प्रशासकीय अधिकृत मिश्र र लेखापाल चौधरी कलैयामा बसी सम्पुर्ण कामकाज गर्ने गरेकोले आईतबार गाउँपालिकाको अधिकारीक फेसबुक आईडी आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बाराबाट ” मिति २०८१/३/२० गते प्रकाशित बिज्ञापनमा केहि संशोधित गर्नुपर्ने भएकोले पुनः केहि दिन भित्र संशोधित बिज्ञापन प्रकाशन गरीने ब्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ। साथै यसको फारम भर्ने कार्य अर्को सुचना नहुन्जेलसम्म स्थगित गरीएको छ। ” भनि सार्वजनिक गरेको छ।

यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रसँग कुरा गर्दा यहि २० गते सार्वजनिक गरीएको सुचना उम्मेदवारहरुको उमेरहदमा अन्यथा भएकोले सँशोधन गरीने कुरा भएको बताएका छन्। तर सँशोधित बिज्ञापनको बारेमा र समाजिक सञ्जालमा आएको कुरा आफुलाई जानकारी नभएकोले निमित्तको जिम्मेवारी दिएका पारस यादवसँग कुरा गर्नु भनेका छन्।

तपाई बिदामा हो भि प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत मिश्रले चालु आर्थिक वर्षको अन्तिमको समयमा कहाँ बिदामा जान पाईन्छ। कलैयामा नै बसिरहेको सन्चो छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश
काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो